संजु निरौला

शनिबार, आषाढ ०४, २०७९ || 4037  पटक पढिएको

बिराटनगर। गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको ‘राधा प्यारी’ मा एरेन्ज विश्व अधिकारीको रहेको छ ।

किशोर थापाको मिक्सिगं मास्टरिगं रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ ।भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् । भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग गज्जबले खुलेकी छिन् ।

एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयम्कै रहेको छ ।

प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् । ‘इनाक्छी इन्टरटेनमेन्ट’ बाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो । भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!