हिपमत डटकम

शनिबार, आषाढ ०४, २०७९ || 1458  पटक पढिएको

विराटनगर।नेपाल ज्योतिष परिषद् प्रदेश नं.१ को तेस्रो प्रदेश अधिवेशन सुन्दरहरैँचामा सम्पन्न भएको छ । शुक्रबार भएकाे अधिवेशनबाट विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति बनेको छ ।

वरिष्ठ उपाध्यक्ष सन्तोष पोख्रेल, उपाध्यक्ष मोरङबाट बाबुराम निरौला, सुनसरीबाट हरि खतिवडा, झापाबाट नारायण प्रसाद पौडेल, भोजपुरबाट डम्बर चौलागाई, महासचिवमा धनकुटाबाट नगेन्द्र प्रसाद रोइला सहित ३१ जना सर्वसम्मत निर्वाचित भएका हुन् ।

निर्वाचन पछिको पहिलो वोर्ड बैठकले प्रदेश प्रवक्तामा बाबुराम निरौलालाई चयन गरेको छ । निर्वाचित समितिले आफ्नो ४ वर्षे कार्यकालमा नवग्रह रिसर्च सेन्टर निर्माण गर्ने लक्ष्य लिएको छ । अधिबेशनमा १४ वटै जिल्लाका प्रतिनिधहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!