हिपमत डटकम

बिहिबार, आषाढ ०२, २०७९ || 13676  पटक पढिएको

काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए ।

‘बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ । बागबजार क्षेत्रमा खानेकुरा (चटपटे) खाएको उहाँहरुले बताउनुभएको छ’, गौतमले अनलाइनखबरसँग भने, ‘एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएको छ ।’

गौतमका अनुसार हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ । बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अन्तरंग वार्डमा सारेर उपचार गर्ने तयारी छ ।

 

हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् । टेकुमा मात्रै पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढी झाडापखलाको बिरामी आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!