एजेन्सी। युक्रेनको युद्धमोर्चामा दिनदिनै ठूलो संख्यामा युक्रेनी सैनिकहरू मारिइरहेको बेलायती अधिकारीहरूले अनुमान गरेका छन् ।
युक्रेन आफैंले दिनको २०० सैनिक मारिएको भनी दाबी गरिरहेको भए पनि त्यसको पाँचगुणा बढी सैनिक मारिएको बेलायतीहरूको आकलन छ ।
द गार्डियन पत्रिकाले बेलायती अधिकारीहरूलाई उद्धृत गर्दै दिएको खबरमा उल्लेख गरिएअनुसार, ‘युक्रेनले दिनको ६ सयदेखि एक हजार सैनिक गुमाइरहेको छ । सेभेरोडोनेत्स्क शहरको प्रतिरक्षाका लागि युक्रेनी सेनाले गरिरहेको असफल प्रयासका कारण सेनाको युद्ध क्षमतामा भयंकर कमी आइरहेको छ ।’
समाचारमा थप लेखिएको छ, ‘हताहतीको संख्या महिनामा २० हजारभन्दा बढी छ । यो युद्ध अझै तीन महिना जाने हो भने युक्रेनी सेनाको हालत के हुने हो भनी प्रश्न उठ्नेछ । रुसी सेनाले अहिले नै युक्रेनका विशाल भूभाग नियन्त्रणमा लिएको छ । भूभाग पाएका हुनाले युद्ध अन्त्य उनीहरूले नै गर्न सक्ने सम्भावना छ ।’