नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा चढेका एक व्यक्तिका कारण प्रहरी हैरान भएको छ । बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका छैनन् ।

‘अझै तारमा यताउता गरिरहेका छन्, झर्न मानिरहेका छैनन्,’ नुवाकोटका प्रहरी प्रवक्ता रुपक खड्काले भने, ‘आधा पोलसम्म झरिसकेको पनि फेरि उक्लिए ।’

उनका अनुसार स्थानीय परिचालन गरेर मासु खाना दिने भनेर फकाउन खोजे पनि झर्न मानेका छैनन् । उनले अहिलेसम्म उद्धारका लागि हेलिकप्टर ल्याउने कुरा जानकारीमा नभएको बताए ।

अहिले ६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ । ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ । उक्त प्रसारण लाइनमा डबल सर्किट छ । साभार :- लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!