हिपमत डटकम

शनिबार, जेठ २८, २०७९ || 394  पटक पढिएको

विराटनगर  । ईलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।

हिजो बेलुका साढे ७ बजे ईलाम सुर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची राजमार्गमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न. १-०१-००१ च ९१९३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रीत भई सडकबाट अं. १०० मिटर तल खसि दुर्घटना भएको थियो ।

सो दुर्घटनाबाट स्कारपियो गाडीमा सवार घाइते भएका ६ जना मध्ये झापाको बिर्तामोड नगरपालिका ३ बस्ने ५७ बर्षीय ईश्वरी प्रसाद खरेलको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा हिजै राती साढे ८ बजे मृत्यु भएको हो ।

अन्य घाईतेहरुमा गाडी चालक झापा बिर्तामोड नगरपालिका ५ बस्ने ५० बर्षीय गणेश पराजुली, विर्तामोड ४ का ४५ बर्षीय एकराज बिष्ट, विर्तामोड ४ का ४५ बर्षीय डिल्लि बस्नेत, विर्तामोड ३ का ४७ बर्षीय तस बहादुर प्रधान र विर्तामोड ४ का ५३ बर्षीय सन्तोष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी हिजै राती सँवा ९ बजे पाँचथर फालेलुङ गा ३ नाम्लोवा स्थित भित्रि कच्चि सडक खण्डमा पञ्चमुखी देखी थोक्लेवुङ तर्फ जाँदै गरेको प्र.१-०२-००३ त १८५४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखी अं.१० फिट तल झरी दुर्घट्ना हुँदा ट्याक्टर चालक सोही स्थान बस्ने २२ बर्षीय को सुरेश साँवालाई ट्याक्टरले किचि घट्नस्थलमै मृत्यु भएको थियो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!