हिपमत डटकम

शनिबार, जेठ २८, २०७९ || 2751  पटक पढिएको

काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।

प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् ।
उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । ‘अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन बन्द गरेका छौं, ६०/६२ मेगावाट विजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको छ’ उनले भने ।

प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् । ‘सम्झाई बुझाई गर्दा एक पटक तल झरिसकेका थिए, तर अहिले फेरि माथि नै रोकिएका छन्, प्रहरीको स्थानीय युनिट र स्थानीय वासिन्दा लागिरहेका छन्’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रामप्रकाश शाहले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!