हिपमत डटकम

शुक्रबार, जेठ २७, २०७९ || 726  पटक पढिएको

तेह्रथुम, जेष्ठ २७ गते । तेह्रथुमको लालीगुँरास नगरपालिका-९ स्थितबाट चोरीमा संलग्न १ जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन । तामाङले जेष्ठ २५ गते बुधबार दिउसो फेदाप गाउँपालिका-२ तेह्रथुमका प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको बिभिन्न गरगहनाहरु ५ तोला, ५ आना र नगद १ हजार रुपैया सहित चोरी गरी फरार भएका थिए ।

चोरी भएको सुचना पाए लगतै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा हिजो बिहान लालिगुराँस नगरपालिका-९ काँडे स्थितमा लुकिछिपि बसेको अवस्थमा चोरी भएका सम्पुर्ण गरगहना र नगद सहित तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको सम्मानित जिल्ला अदातल तेह्रथुमबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!