हिपमत डटकम

मंगलबार, जेठ २४, २०७९ || 803  पटक पढिएको

विराटनगर । विराटनगर स्थित झीपुच (नेपाल भाषा तथा सास्कृतिक संघ) को प्राङ्गणमा कालभैरवको मूर्ति प्राण प्रतिष्ठा तथा अनावरण गरिएको छ । उपत्यका वाहिर पूर्णकदको कालभैरवको मूर्ति पहिलो भएको दावी सस्थाको छ ।

विराटनगर महानगरका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले मूर्तिको अनावरण गरेका छन् । अनावरण कार्यक्रममा बोल्दै पराजुलीले पूर्वको धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्धन तथा विस्तारमा यस्को विशिष्ट योगदान रहने बताए । आफुले शिलान्यास र अनावरण गर्ने मौका पाएकोमा झीपुचलाई धन्यवाद दिएका थिए ।

विराटनगर महानगरले गत २०७८ सालमा १० लाख रकम विनियोजन गरेको थियो । झीपुचका अध्यक्ष हरिवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरकाे उपमेयर शिल्पा निरौला कार्की, वडा न.१० का वडाध्यक्ष अर्जुन गिरी,प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधान ,समाजसेवी कृष्णगोपाल श्रेष्ठ ,विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत ,सामाजिक अभियन्ता भविश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपमेयर कार्कीले झीपुचले गरेको अभियानमा साथ साथै रहने र महानगरले आबश्यक सहयोग गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!