काठमाडौं, २४ जेठ । ‘मिस नेपाल वर्ल्ड(२०२२’का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन् । ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरी ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।
नेपालको सौन्दर्य प्रतियोगितामध्येकै उत्कृष्ट ‘मिस नेपाल वर्ल्ड(२०२२’को ग्राण्ड फिनाले यही १८ जुन अर्थात असार ४ गते हुँदैछ । हरेक सौन्दर्य प्रतियोगिताको ‘ओपनिङ राउण्ड’लाई महत्वका साथ लिइन्छ, किनकि पहिलो राउण्डसँगै दर्शकमाझ प्रतियोगीका पहिलो परिचय खुल्छ । त्यसैले प्रतियोगीहरुले ‘ओपनिङ राउण्ड’मा पहिरनले ड्रेसको बेग्लै महत्व राख्छ ।

यतिखेर धेरैलाई कौतुहलता लागेको छ कि ‘मिस नेपाल वर्ल्ड(२०२२’का प्रतियोगीहरु ‘ओपनिङ राउण्ड’मा कस्ता पहिरनमा देखिँदैहोलान् रु अर्थात कस्तो तयारी गरिरहेका होलान् रु
यसपटक ‘मिस नेपाल वल्र्ड’का प्रतियोगीहरु पहिलो अर्थात ओपनिङ राउण्डमा आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले तयार पारेको डिजइनिङ पहिरनमा प्रस्तुत हुँदैछन् ।

आईआईएफटी अर्थात इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएट १० जना फेसन डिजाइनरहरु यतिखेर २४ जना सुन्दरीका लागि पहिरन तयार गर्न व्यस्त छन् ।

फेसन डिजाइनरहरु पेशल खड्का, पम्फा श्रेष् मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा प्रतियोगीका लागि परिहन तयार गरिरहेका छन् ।

डिजाइनरहरुले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, के कस्तो थिम भने खुलाइएको छैन ।
आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ । काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङका अलावा इन्टेरियर डिजाइनको पनि अध्यापन गराउन सुरु गरेको छ । यसअघि आईआईएफटीले दर्जनौँ इभन्टहरुमा पहिरनका लागि को–अर्डिनेटर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!