जेष्ठ ६ ,शुक्रबार । रंगेलीमा मतपत्र बढि भेटिए पछि मतगणना स्थगित रंगेली बजार तनावग्रस्त भए पछि प्रहरीद्वारा दुई राउन्ड असुरग्यास फाईर गरिएको छ ।
गठवन्धनका सुनिता मंण्डलकाे समेत टाउको फुटेकाे छ । प्रहरीमा पुजन लाम्चा, आशिष कुमार झा, राम विलाश यादव,रेविन्द्र दरना, विमल लिम्बू सहित १५ जना प्रहरी घाइते भएका छन् । मतगणना गर्ने क्रममा रंगेली ७ काे मतपेटिका खल्दा खेरी खसेकाे मत भन्दा १ सय ७ मत भेटिए पछि गठवन्धनका कार्यकर्ताहरु ले बिराेध गरेका थिए ।
भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले दुई राउन्ड असुरग्यास फायरिङ समेत गरेको छ । भिडलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज समेत गरेको छ ।