वीरगञ्ज, १७ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादवले वीरगञ्ज हेल्थ केयरमा भएको आगलागीको स्थलगत निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य यादवसहितको टोलीले अस्पतालमा आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीस्थित हेल्थ केयरमा शुक्रवार राति आगलागि भएको थियो ।

आगलागीबाट अस्पतालमा भौतिक क्षति हुनुका साथै डायलासिस कक्ष पूर्ण रुपले जलेर नष्ट हुँदा करोडौ मूल्य बराबरको क्षति भएको छ ।

आगलागीपछि डायलासिसका बिरामीहरुलाई नारायणी अस्पतालमा व्यवस्थापन गर्न सांसद यादवले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानलाई निर्देशन दिएका छन् ।

अस्पतालमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतालले प्रवाह गर्दै आएको सेवा ता सुविधाको बारेमा स्मरण गरेका थिए । कोरोना भाइरसको महामारीमा पनि अस्पतालले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउँदै यादवले छिटै पुनः डायलासिस सेवा सुचारु गराउन सहयोग गर्ने पनि सांसद यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!