हिपमत डटकम
विराटनगर मंसिर–१७ ।
विराटनगरको प्रशिद्ध रामजानकी मन्दिरमा धुमधुामका साथ भव्य रुपमा विवाह पञ्चमी उत्सव मनाइएको छ । राम जानकीको झाँकि तथा जन्तीहरुलाई स्थानीय सत्यनारायण मन्दिरमा आरती सहित भव्य स्वागत गरिएको हो । उक्त झाँकि नगर परिक्रमा सम्पन्न भए पश्चात रामजानकी मन्दिरमा विधि अनुसार विवाह कार्य सम्पन्न भएको हो । त्रेता युगमा दशरथ नन्दन मर्यादा पुरुषोत्तम भगवान श्री राम र जनक नन्दनी माँ जानकीको विवाह भएको यस अवसरमा परापूर्वकाल देखि नै नेपालका विभिन्न मठ मन्दिरहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी विवाह पञ्चमी उत्सव हुँदै आइ रहेको छ । सो अवसरमा विराटनगरका विभिन्न मन्दिरहरुमा किर्तन भजन सहित विवाह पञ्चमी उत्सव सम्पन्न भएको हो ।