प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन तेह्रथुममा तामझामका साथ मनाए । हेलिकप्टर चढेर जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका प्रधानमन्त्री ओलीको जन्मदिनको केक पनि हेलिकप्टर चार्टर्ड गरेर आठराई पुर्‍याइयो ।

केक नै हेलिकप्टर चार्टर्ड गरेर लैजानुपर्ने भन्दै आश्चर्यमा परेका जनता, जब नेपालको नक्सा आकारमा बनाइएको केक नै काटेर प्रधानमन्त्री ओलीले जन्मदिन मनाए तब झन् आश्चर्यमा परे । प्रधानमन्त्री ‌ओलीले ‘नेपाल’को नक्सा नै काटेर उत्सव मनाएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

जन्मदिन परिवारमाझ मात्र मनाउने आचारसंहिता जारी गरे पनि पार्टीका नेताहरु र मन्त्रीहरुसमेत लिएर आठराई पुगेका प्रधानमन्त्री ओलीले नेकपाकै आचारसंहिता उल्लंघन गरे भन्दै आलोचना भइरहेका बेला एकाएक नेपालको नक्सा आकारमा बनाइएको केक नै काटेको तस्वीर र भिडियो सार्वजनिक भएपछि आलोचना नहुने त कुरै भएन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आक्रोश पोख्दै लेखेका छन्, ‘बाले देश खाए’, ‘देशको नक्सालाई टुक्रा पारेर खुसी बाँडदै प्रधानमन्त्री ज्यु’, ‘देशको नक्सालाई ‘केक’ बनाएर काट्ने हात काँपेन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!