खबर ठुलो छ
सोमबार, फाल्गुण १२, २०७६

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक पदयात्रामा भाग लिन धनुषा पुगेका छन्।

पार्टीभित्र अमेरिकी सहयोग एमसिसीलाई लिएर तीव्र विवाद भइरहेका बेला अध्यक्षद्वय ओली र दाहाल आआफ्नै सुरमा जन्मोत्सव र महोत्सवमा रुमल्लिएका छन्। प्रधानमन्त्रीसहितको टोली दुईवटा हेलिकोप्टरमा तामझामसहित पुगेको थियो भने पूर्वप्रधानमन्त्री दाहाल पनि हेलिकोप्टरमै धनुषा पुगेका थिए। प्रधानमन्त्री ओलीको जन्मोत्सवमा भाग लिन झन्डै दुई सय गाडीमा सहभागी जन्मोत्सवस्थल पुगेका थिए। १ सय ५० हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको कार्यक्रममा कति खर्च भयो, यकिन छैन। त्यसो त जन्मदिनको अवसरमा ४ सय वृद्धवृद्धाका लागि लत्ताकपडा, १ हजार ५ सय विद्यार्थीका लागि डायरी र कलमसमेत हस्तान्तरण गरिएको थियो।

पार्टीभित्र अमेरिकी सहयोग एमसिसीलाई लिएर तीव्र विवाद भइरहेका बेला अध्यक्षद्वय ओली र दाहाल आ–आफ्नै सुरमा जन्मोत्सव र महोत्सवमा रुमल्लिएका छन्। यता धनुषामा दाहालले मिथिला विहारी भगवान्को डोला उठाएर परिक्रमा सुरु गर्नुका साथै हेलिकोप्टरमार्फत आकाशबाटै पुष्पवर्षासमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया