शुक्रबार, फाल्गुण ०९, २०७६ || 1916  पटक पढिएको

सुनबर्षी नगरपालिका विराटनगर बाट झन्डै ३० किलो मिटरको फरकमा पर्छ
त्यसमा पनी सुनवर्षी ५ टकुवा बिकट ठाउ हो । त्याँहा विशेश्वर दाई संग भेट भयो । उमेरले ४५ काटेका उनि जन्मिदै अपाङ्गतावरण गरेका थिए । उनि बैशाखीको साहारामा हिडडुल गर्छन । जसो–तसो साईकल मर्मत गरेर जिवन निर्वाह गरेका छन् । दैनिक एक सय देखि दुई सय रुपैया साईकल मर्मत गरेर कमाउछन् ।

जन्मिदै दुवै खुट्टामा पोलियो लागेर राम्रो काम गर्न नसक्दाको समस्या उनले शब्दमा व्यक्त गर्न सकेनन् । उनले राम्रो संग कान समेत सुन्दैनन । परिवारमा भएका अन्य तीन जना दाजुहरु समेत उनीसंग छुट्टी सकेका छन् । त्यसैले आफ्नो जिवन गुजारा गर्न काम गर्छन । उनि साईकल मर्मत मात्र होईन उनि राम्रो मुर्ती बनाउने कलाकार समेत हुन । उनले आफ्नो पसलमा भएको स्वरस्वती माताको सुन्दर मुर्ती देखाउदै भने,‘ यो मुर्ती पनि मैले नै बनाएको हो ,‘ । गाँउ–घरमा उनि बिवाह हरुमा चित्र बनाएर अतिरिक्त अम्दानी समेत गर्छन ।

म जन्मजात नै यस्तै हो तर मलाई कुनै दुःख छैन म जे छु खुशी छु आफ्नो भरमा बाचेको छु। बिहे किन गर्नु भएन भनेर हामीले सोध्दा उनले भने म जस्तो संग कसले बिहे गर्छ र ?

उनि भन्छन,‘ कहिलेकाही बिरामी पर्दा अलिक दुःख हुन्छ एक्लै बस्दा नभए अरु कुनै चिन्ता छैन,‘ । अझै स्थानीय सरकार अथवा कुनै संस्थाको सहयोग पाए दोकानमा पुंजी थपेर दोकान ठुलो पार्ने उनको सपना छ ।
मेहनत नै मानिसको सम्पती हो । जो मानिस मेहनेती छ । त्यसले सफलताको शिखर चुम्छ । त्यसैले राजवंशि पनि धेरै बर्ष देखि मेहनत गरिरहेका छन । मेहनत गर्दा के हुदैन भन्ने गतीलो उदहारणका रुपमा राजवंशी प्रस्तुत भएका हुन् । रोजगारीकालागी बिदेश धाउने सपाङग हरुकालागी उनको यो गतिलो झापड हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!