हिपमत डटकम

बुधबार, पौष २८, २०७८ || 571  पटक पढिएको

उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तरगत उर्लाबारी–७ मा मोटरसाइकल र मारुती भेन ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

बेलुका ७ः४० बजेको समयमा ग्राण्ड होटल नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको को १ च ३६४४ नम्बरको मारुती भेन र पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार उर्लाबारी–४ बस्ने बर्ष २५ को पवन लिम्बू र सोही ठाउँका बर्ष ३२ को हिरण वि.क घाईते भई बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा पवन लिम्बूको उपचारको क्रममा ८ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र भेन ईप्रका उर्लाबारीको नियन्त्रणमा छ । भेन चालक जिल्ला ईलाम चुलाचुली गापा २ बस्ने बर्ष ४५ को वकिल कुमार देवानलाई पनि प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!