
मिर्चैया , २४ पुस । शुभकार्य कृषि सहकारी संस्था मिर्चैयाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ स्थित रहेको संस्थाको पाँचौ वार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष रामरत्न यादवले आर्थिक बर्ष ०७७÷०७८ सालको आय–व्याय प्रस्तुत गरेका थिए । संस्थाले ५ बर्षको अबधिमा ५ करोड भन्दा बढी ऋण लगानी गरिसकेका छन् । हाल संस्थामा १ हजार ३ सय ५५ सेयर सदस्य आबद्ध गरेका छन् । संस्थाकाे तत्कालकाे कराेबार ६ कराेड भन्दा बढी रहेको जनाएको छ ।

साधारण सभाको माध्यमले संस्थामा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संस्थाकाे सदस्य स्वर्ण रामबाबु नायककाे श्रीमती प्रमिला देवी नायकलाई क्रिया खर्चको लागि ५ हजार १ सय ७५ सहयोग गरिएको छ भने संस्थाका विपन्न २ जना सदस्यलाई ग्यास चुल्हा सहयोग गरिएको छ । याे संस्थाले वार्षिकोत्सबकाे अवसरमा आफ्नो सबै सदस्यहरूलाई झाेला प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष रामरत्न यादबको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का वडा अध्यक्ष धिरेन्द्र कुमार साह, प्रदेश सहकारी संस्था प्रमुख अाेम नारायण झा,जेष्ठ नागरीक संस्था मिर्चैयाका अध्यक्ष राधाकृष्ण साह, त्यसैगरी अतिथिहरुमा नगरपालिकाका सहकारी शाखाका प्रमुख धनन्जय महतो, मिथिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लाेकनाथ यादव,शुभकार्य कृषि सहकारी संस्थाका शेयर धनिहरु जनकलाल साह,रामवावु महतो लगायत सेयर सदस्य, सञ्चारकारीकर्मी , स्थानीयबासी बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।