साझा पार्टीले १ सय मत पनि कटाउन सकेने

मिडियावाजीमा सबैभन्दा अगाडी देखिएको साझा पार्टी

सोमबार, मंसिर १६, २०७६ || 1255  पटक पढिएको

काठमाडौं ,मंसिर–१६ ।

मिडियावाजीमा सबैभन्दा अगाडी देखिएको साझा पार्टी र समाजवादी पार्टीले यो निर्वाचनमा आफ्नो जमानत पनि जोगाउन सकेन ।

प्रतिनिधिसभाको एक मात्र सिटका लागि कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसलाई चुनौति दिएर आएको साझा पार्टीले १ सय मत पनि कटाउन सकेको छैन । यसरी मिडियावाजीमा अग्रपंक्तिमा रहेका साझा पार्टी र समाजवादी पार्टीलाई उपचुनावले ठूलो झड्का दिएको छ । एकप्रकारले भन्ने हो भने यी दुई पार्टीको सफाया नै भएको छ ।

पोखरा, धरान र भक्तपुरमा अहिलेसम्म आएको मतपरिणाममा साझा पार्टीले एक प्रतिशतभन्दा कम मत ल्याएको छ । यसरी हेर्दा जनताले उनीहरुको भविष्य नदेखेका कारण उनीहरुमा जनमत घटेको बताइन्छ । उपनिर्वाचनताका मिडियामा खुब चर्चा कमाएको साझाका उम्मेदवार रजनी केसीले सय मत नि कटाउन नसक्नुलाई साझाको धरातल निकै खस्केको देखाउछ ।

यसअघि कास्कीमा साझाका संयोजक रवीन्द्र मिश्र नै चुनाव लड्ने समेत चर्चा थियो । स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने भन्दै साझाले नेपाली कांग्रेसकी कार्यकर्ता केसीलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको थियो ।

साझासँग एकता गरेर एक वर्षमै फुटेको विवेकशील नेपाली दलको मत झनै लज्जास्पद् देखिएको छ । रवीन्द्र अधिकारीले तीनपटक चुनाव जितेको उक्त क्षेत्रमा समाजवादी पार्टीले पनि अपेक्षित भोट पाउन सकेन । कमल थापाको पार्टी राप्रपाका उम्मेदवारलाई पनि जमानत जोगाउन सकस पर्ने देखिएको छ । मतगणनाको परिणाम यहीखाले आए साझा पार्टीले जम्मा मतको एक प्रतिशत ल्याउन मुस्किल छ। १० प्रतिशत मत ल्याएमात्र जमानत जोगिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!