धनुषाको सबैला नगरपालिकामा एक महिलाले श्रीमानको मृत्युपछि चितामा दागबत्ती दिएकी छन् ।सबैला नगरपालिका– २ बस्ने ६५ वर्षीय रामनारायण यादवको निधन भएपछि छोरीहरुले नै काँधमा बोकेर शवलाई मसानघाटसम्म लगेको थिए भने ६२ वर्षीय पत्नी रवियादेवीले दागबत्ती दिइन् ।मृतक रामनारायण यादवका ५ छोरी छन् । जेठी नेतुर देवी यादव, माहिली राजोदेवी यादव, साहिली प्रमिलादेवी यादव, काइली अनितादेवी यादव र कान्छी गोर्की यादवले बुवाको शवलाई घरबाट करिब ५ किलोमिटर टाढा रहेको मसानघाटसम्म काँधमा बोकेर लगेका थिए ।घाटमा पुगेपछि चितामा राखिएको शवलाई ६२ वर्षीया रवियादेवी यादवले दागबत्ती दिएकी थिइन् ।तराई मधेसमा यस प्रकारका सामाजिक संस्कारमा छोरा नै चाहिने परम्परा छ । छोरा नभएका कारण रामनारायणको शव छोरीहरुले बोकेर घाटसम्म लगेका हुन् भने दागबत्ती पत्नीले दिएकी हुन् ।सबैला नगरपालिका वडा नम्बर २ बस्ने जगत साहले मृतक यादव प्रत्येक दिन बिहान उठेर सीताराम जप्दै गाउँ घुम्ने र साँझमा दूर्गा मन्दिरमा पूजापाठ एवं आरती गर्ने गरेको बताए । उनका छोरी र पत्नीले गरेको कार्यको प्रशंसा नै जगतले भने, ‘समाजमा परिवर्तन देखापर्नु समय परिस्थिति अनुसार सही हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!