मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुडा स्थित १४ वर्षीय निश्चल रायको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य सार्वजनिकको माग राख्दै स्थानीयहरु आन्दोलित भएका छन् ।

प्रहरीले गम्भीरता नदेखाएको भन्दै घटनाको सत्यतथ्य सार्वजानिक गर्न माग राख्दै स्थानियहरुले जिल्ला प्रशासन कार्यालय अगाडी र्‍याली सहित प्रदर्शन गरेका हुन् ।

दोषी पत्ता लगाई तत्काल कार्वाही गर, स्वतन्त्र बाँच्न पाउने अधिकार सुनिश्चित गर, हत्यारालाई कार्वाही गर, सम्पुर्ण न्यायप्रेमीहरु एक हौ, सत्य, तथ्य आधारमा छानविन गर, शान्ति सुव्यवस्था कायमम गर, निर्मम हत्या गरि फालेको निश्चल रायलाई शहिद घोषना गर जस्ता पम्पलेट सहित प्रदर्शन गरेका हुन् ।

बुढीगंगाका स्थानिय आवद्ध भएका संघर्ष समितिले यसअघि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । उक्त आन्दोलनको कार्यक्रम अन्तर्गत पहिलो दिन मंगलबार विद्यार्थीहरूले प्रदर्शन गरेका थियो।

बुढीगंगाको स्थानीय आवद्ध भएको संघर्ष समितिले उच्चस्तरीय छानविन समिति गठन गरि घटनाको सत्यतथ्य सार्वजनिक र दोषीलाई कारवाही गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, शान्ति सुरक्षा सुव्यवस्थापन गरिनुपर्ने माग छ ।

के हो घटना ?

कात्तिक २२ गते घरनजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान सिंघीया खोलामा शव फेला परेको थियो । हराएपछि पटकपटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो ।

बालकको हत्याभएको महिनादिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउनु पर्ने, पोस्माटम रिपोर्ट सार्वजनिक गरिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!