हिपमत डटकम

शुक्रबार, मंसिर १७, २०७८ || 400  पटक पढिएको

बेनिघाट रोराङ गाउँपालिका-३ गोमती पुलस्थित सडकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानरगपालिका-१७ बस्ने २३ वर्षीय संजय तामाङ र सोही महानगरपालिका-१६ बस्ने २४ वर्षीय कृष्ण परियार रहेका छन् । गल्छीबाट चितवनतर्फ जाँदै गरेको ना.२९ प ७४४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चामलको बोराभित्र लुकाई ल्याएको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!