बिराटनगर। मोरंग जिल्ला कटहरी गाउँपालिका वडा नं.- ५ बस्ने ४० वषीय राजेन्द्र उराउको उपचार को क्रममा मृत्यु भएको छ।
मादक पदार्थ सेवन गरि आफ्नै ५५ बर्षीय आमा संग घरयेशी बिबाद गर्ने क्रममा उनको आमा र ३० बर्षीय बहिनि रिताले बासको लाठीले टाउकोमा प्रहर गर्दा घाइते भएका थिए ।
घाइते उराउलाई उपचारको लागि बिराटनगरको नोबेल हस्पतालमा लागिएको थियो तर उपचारको क्रममा उराउको मृत्यु भएको हो। घटना संलग्न उनकी आमा बतियो उराउ र बहिनि रिता उराउलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसनधान गरिरहेको छ।