सोमबार, फाल्गुण ०५, २०७६ || 953  पटक पढिएको

नेपालमा बालबालिकाहरु पुलिसको नाम लिने वित्तिकै डराउने गर्दछन् ।बालिबालिकाहरु जिद्दि गरेर रुने कराउने गरेमा पुलिस आयो, पुलिसलाई बोलाउँछु भन्दा डर र त्रासले रुन–कराउँन छोड्छन् । भनेको काम नमाने वा अभिभावकको कुरा नटेरे प्रहरीको नाम लिने वित्तिकै त्यस्ता बालबच्चाहरु ठिक ठाउँमा आउँछन् । तर अमेरिकाको फ्लोरिडा एक ५ वर्षीय बालक मानुयल बेशाराले प्रहरीलाई फोन गरे । उनले फोन मात्र गरेनन् फोनमा आफू भोकाएको भन्दै पिज्जा खान मन लागेको समेत बताए । फ्लोरिडा प्रहरीको ९११ मा बालकले फोन गरे लगत्तै उनको घर प्रहरी पुग्यो । प्रहरी कन्ट्रोल रुममा आएको जानकारीलाई पछ्याउदै बालकको घरसम्म प्रहरी पुग्दा ती बालक आफ्नी १५ वर्षीय दिदीसंग थिए । सोधपुछका क्रममा मानुयलले फोन गर्दा परिवारका सदस्य त्यसबारे जानकार नरहेको प्रहरीले पत्ता लगायो । तर प्रहरीले बालकले प्रहरी कन्ट्रोल नम्बरमा कल गरेकोले त्यसको उपयोगिता बुझाउदै एउटा पिज्जा समेत दियो । यसरी प्रहरीलाई भोक लाग्यो भन्दै फोन गरेपछि घरसम्मै पिज्जा बोकेर पुगेको थियो । यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!