आइतबार, फाल्गुण ०४, २०७६ || 1139  पटक पढिएको

पथरी (मोरङ)१ नम्वर प्रदेशमै वढी विवाद निरुपण गर्न सफल मोरङको पथरी शनिश्चरे नगरपालिका न्याय सम्पादनमा उत्कृष्ठ भएको जिल्ला अदालतले ठहर गरेको छ ।
जिल्ला अदालतका न्यायाधिस राजेन्द्र अधिकारीको नेतृत्वको निरीक्षण टोलीले आज पथरी शनिश्चरे नगरको न्याय सम्पादनको अवस्था तथा मिसिल प्रक्रियाको अध्ययनपछि सो कुरा उल्लेख भएको हो । न्यायाधिस अधिकारीले भन्नुभयो ‘ नगर उपप्रमुखको सक्रियता देखियो । अधिकांश मुद्धा मामिलाहरु मिलापत्र भएको देखियो । लक्ष्य अनुसारको उल्लेखनीय काम भएको देखिएकाले हामी धेरै खुसी छौं ।’
सो नगरको गाउँपालिका हुँदादेखिको साँघुरो भवनमा छुट्टै इजलास र आवश्यक कर्मचारीको अभावमा समेत व्यवस्थित हिसावले न्याय सम्पादन भएको उहाँको ठहर छ ।
सो अवसरमा, नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले भौतिक असुविधा तथा सम्वन्धित क्षेत्रको दक्ष कर्मचारीको अभावमा समेत न्याय सम्पादनमा समिति दत्तचित्त भएर लागेको प्रष्ट्याउनु भयो । साथै उहाँले वडा वडामा विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई केन्द्रीत गरी कानूनी सचेतना कार्यक्रमको योजना बनाइएको जानकारी गराउनु भयो । सवै वडामा मेलमिलापकर्ताहरुबाट विवाद निरुपणमा महत्वपूर्ण भूमिका निर्वाह भएको पनि उल्लेख गर्नुभयो ।
समितिले गत आर्थिक वर्षमा २ सय ३० विवादहरु निरुपण गरेको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ सय ५८ वटा विवादहरु निरुपण गरेको र १३ वटा विवाद किनारा लगाउने प्रक्रियामा रहेको टोलीलाई जानकारी गराइएको छ । टोलीमा अदातका कर्मचारी इन्द्रकुमार श्रेष्ठ, देवेन्द्र खत्री र गोपाल आचार्य सहभागि हुनुहुन्थ्यो । जिल्लामा ७ जना न्यायाधिसहरुको अगुवाईमा १७ वटै पालिकामा न्याय सम्पादनको अवस्थाका बारेमा निरीक्षणको क्रम यसबेला अघि बढाइएको छ ।
३ दिन अघि उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले पथरी शनिश्चरे, उर्लावारी र बेलबारी नगरपालिका प्रमुख एवम् न्यायिक समिति संयोजकहरु क्रमशः यमुना विष्ट वास्तोला, लक्ष्मी भण्डारी र ढाकाकुमारी पराजुली र विराटनगर उपमहानगरकी उपप्रमुख इन्दिरा कार्कीसँग छलफल गर्नुभएको हो । जिल्लामा बढी विवादहरु निरुपण गरेका ती पालिकाहरुका उपप्रमुखहरुसँग आफ्नो कार्यकक्षमा छलफल राखेर न्याय सम्पादनको अवस्थाका बारेमा जानकारी लिँदै त्यसलाई थप प्रभावकारी बनाउने उपायका बारेमा उहाँले वताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!