आइतबार, फाल्गुण ०४, २०७६ || 608  पटक पढिएको

पथरी (मोरङ)  मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ । नगरको स्वास्थ्य शाखाले आज वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार सहितसँगको अभिमुखिकरण कार्यक्रममा सोको जानकारी गराइएको छ ।
३ वर्ष अघि पूर्ण खोप सुनिश्चिताको मापदण्ड पुरा गरेको नगरमा एकैसाथ दादुरा रुबेलाको खोप र पोलियोको समेत औषधि खुवाइने कार्यक्रम तय भएको हो । ८० प्रतिशत हाराहारीमा खोप लगाएको अवस्था रहिरहेको नगरमा जन्मेको ९ महिनादेखि ५ वर्षभित्रका ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य बनाइएको छ ।
खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने विद्यालयहरुलाई केन्द्र बनाइएको स्वास्थ्य शाखाका याम खड्काले जनाउनु भयो । जसका लागि ३८ वटा खोपकेन्द्रमार्फत कार्यक्रम अघि बढाइने भएको वताउनु भयो ।
कार्यक्रममा, स्वास्थ्यकर्मी खड्काका साथै जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद शाह र स्वास्थ्यकर्मी जगत मगरले खोप अभियान, दादुरा रुबेलाका बारेमा प्रष्ट्याउनु भयो । उहाँहरुले खोप अभियानका लागि समाजमा सन्देश फैलाएर खोप लगाउने काममा अभिप्रेरित गराउने आव्हानका लागि अभिमुखिकरण कार्यक्रम राखिएको जनाउनु भयो । दादुरा रुबेलालाई सन् २०१९ भित्र निवारण गर्ने नेपालको लक्ष्य भएपनि सो पुरा हुन नसक्दा सन् २०२३ सम्ममा पुरा गर्ने गरी ४ वर्षको एक अवधि थप भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!