मोरङको सुनबर्शी नगरपालिकाले नगरभरिको घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । ९ वटै वडामा घर घरमा गएर औषधि सेवन गराउने काम सुरु भएको हो । वडाका जनप्रतिनिधिहरुले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए । नगरका स्वास्थ्यकर्मीहरु वडा विभाजन गर्दै वडा वडामा पुगेर औषधि सेवनमा प्रोत्साहन गर्दै खटिएका छन् । सवैले सवैलाई औषधि खानका लागि आव्हान गर्न अनुरोध गरिएको नगर प्रमुख कालीप्रसाद दासले वताउनु भयो । कार्यक्रममा सुनबर्शी नगरपालिकाका स्वास्थ्य साखा प्रमुख किशोर मण्डलले औषधिले असर गर्छ भन्ने भ्रम हटाएर सवैले औषधि खाँदा मात्र रोग निवारण हुने उल्लेख गर्नुभयो ।