बीरेन्द्रकुमार साह

शुक्रबार, कार्तिक २६, २०७८ || 589  पटक पढिएको

बिराटनगर । मैथिली म्युजिक भिडियोका स्टार बिजय कामत घाइते हुँदा पनि म्युजिक भिडियोको सुटिङमा ब्यस्त छन् । केहि दिन अगाडी बिराटनगरमा मोटरसाइकल दुर्घटनामा  घाइते भएका कलाकार बिजय कामत कला मोहका कारण घरमा आराम गर्ने समयमा पनि आफ्नो नयाँ म्युजिक भिडियोको छायांकनमा ब्यस्त छन् ।बिराटनगर महानगरपालिका वडा न -६ का वडाअध्यक्ष समेत रहेका कामतले मैथिली भाषामा दर्जनौ हिट म्युजिक भिडियो आफ्ना दर्शककालागि दिईसकेका छन् ।

सन्तोष सरकारको निर्देशनमा छायांकन भईरहेको रहेको दिल पागल छै हमर सजनी बोलको गीतमा कलाकार बिजय कामत र मोनिका चौधरीले अभिनय गरेका छन्। धिरेन साहले छायांकन गरिरहेको म्युजिक भिडियोमा अबध नारायण राजबंशी जादुले ​मेकअप गरेका छन्। म्युजिक भिडियोको गीत चर्चित गायक बिनय रायले गाएका छन्।

माया प्रेमको कथामा आधारिक उक्त म्युजिक भिडियो बिजय कामत युट्युव च्यानलबाट रिलिज गरिने म्युजिक भिडियोका निर्देशक सन्तोष सरकारले हिपमत डटकमलाई बताए।

मेरो मोटरसाईकल दुर्घटना भएर घरमा बसिरदा पनि मेरो मैथिली भाषा प्रतिको लगाव र कलाप्रतिको मोहले यो समयमा पनि म्युजिक भिडियोमा अभिनय गरेको छु। मेरो थुप्रै सुभचिन्तक दर्शकहरुले तपाईको नया म्युजिक भिडियो हेर्न हामि प्रतिक्षामा छौ भनेर धेरै जनाले मलाई सामाजिक संजालमा म्यासेज गर्नु भयो तिनै मलाई माया गर्ने दर्शकहरुलाई समर्पित गर्दै यो समयमा पनि म्युजिक भिडियोमा अभिनय गर्न बाध्य भए कलाकार बिजय कामतले भाबुक हुदै हिपमत सम्वाददातालाई सुनाए।

बिजय कामतले दर्जनौ हिट म्युजिक भिडियो मैथिली भाषाका दर्शकहरुलाई दिसकेका छन्। उनले केहि मैथिली भाषाको चलचित्रमा समेत अभिनय गरेका छन्। दिल मे बस्लौ अहा धर्कन मे बसालिय ,मुस्कान मे अहाके जादु कोनो छुपल ,सैंयाजी करुनै हतार,इजोरिया के चान देखलाऊ,नथिया विन्दिया,आइ लव यू,प्यार हमरा स केलही, लगायतको म्युजिक भिडियो दर्शकले खुब रुचाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!