बिहिबार, कार्तिक ११, २०७८ || 615  पटक पढिएको
फ़ाईल तस्बिर

मोरङमा आत्महत्या अवस्था अत्यासलाग्दो रहेको एक तथ्याङले प्रष्ट पारेको छ । नेपालीको महान पर्व दसैंको समयमा मोरङमा ३३ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको हो ।

यो तथ्याङ्क ०७८ असोज महिनाको हो । जसमा १९ जना पुरूष र ११ जना महिलाले आत्महत्या गरेका हुन् । यो तथ्याङ्क जिल्ला प्रहरी कार्यालयले संकलन गरेको हो । प्रहरीका अनुसार, आत्महत्या गर्ने कारणहरू विभिन्न रहेका छन् । ती कारणमध्ये पनि कोभीड– १९ को महामारीबाट आर्थिक आय गुमाएका निम्न परिवारका व्यक्तिहरूले नै आत्महत्या गर्ने बाटो रोजेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

असोजको तुलनामा साउन र भदौमा आत्महत्याको संख्या कम देखिएको छ । यसो हुनुको प्रमुख कारण चाडवाडका बेला यथोचित रकम अभाव भई मानिसमा निराशा उत्पन्न भएको र त्यही कारण आत्महत्या गर्न उद्दत भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
मानिसले आत्महत्या गर्नुमा पारिवारिक झमेला वा वाधा अड्चन पनि मुख्य रहेको अनुसन्धानले किटान गरेको छ । युवायुवतीहरूमा प्रेममा असफलता हुनु पनि आत्ममहत्याको अर्को कारण रहेको छ । उमेरका हिसाबले पनि ज्येष्ठभन्दा पनि युवा, बयस्क र पाको उमेरका व्यक्तिहरूले आत्महत्या गरेको अवस्था छ ।

मानिसले जिउने अरू उपाय नदेखेपछि आत्महत्या नै समस्याको समाधान ठान्ने गरेको कारण यसखाले अपराधका घटनामा वृद्धि हुन थालेको विषय विज्ञहरूले समीक्षा गरेका छन् । खासमा कोरोना महामारीबाट शारीरिक र मानसिक रूपमा कमजोर भएका व्यक्तिहरूमा निराशाको मात्र अधिक हुने गरेको ती मनोविज्ञहरूको ठहर छ ।

कोरोना महामारीले थिनथिलो भएको हाम्रो अर्थतन्त्रलाई सबल बनाउने कुरामा न राज्यले कुनै ठोस नीति अघि सारेको छ न त निजी क्षेत्रबाट नै त्यस्तो पहल कदमी भएको छ । कोरोनाले ससानो व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्ने समुदाय सबैभन्दा बढी प्रताडित भएको छ । उनीहहरूको त्यो समस्यालाई नजिकबाट हेर्ने र समाधान गर्नेतर्फ कुनै योजना नबन्नु बिडम्बना नै हो । यसबाट उत्पन्न असरका बारेमा न संघीय सरकार जानकार छ न त स्थानीय पालिका तह नै जिम्मेवार बन्न सकेको छ ।

आत्महत्याको घटनालाई न्यूनीकरण गर्न सरकार, स्थानीय तह र सरोकारवाला समुदायबाटै विशेष योजना तर्जुमा गर्नु वाञ्छनीय हुन्छ । नत्र त आत्महत्या गर्ने क्रम घट्ने अवस्था छैन । आत्ममहत्याको कारण समाज विखण्डनको खाडलमा जाकिँदै जान्छ । जसले गर्दा राज्यको श्रवृद्धिमा आँच आउँने छ ।

त्यसपछि विकास निर्माणका कार्यहरू गरेर मात्र केही हुनेवाला छैन । सर्वप्रथमम त सरकारले मानसिक विकास गर्नु जरूरी हुन्छ । मानिसको मानसिकता स्वस्थ भएमात्र समग्रमा मानिस स्वस्थ्य भएको ठहर्छ । मानिस प्रकृतिमा हुने हर घटनाबाट प्रभावित हुने गर्दछ । कहिले प्राकृतिक विपत्ति त कहिले महामारीले मानिसको मानसिकता कमजोर बनाइ राखेको हुन्छ । यस्तो अवस्थामा मानिसको मन बढी विचलित हुने गरेको हुन्छ । जसले मानिस मानसिक रोगी हुनु पुग्दछ । मानसिक रोगी मानिसले रोज्ने भनेको नै त्यसबाट मुक्ति हो । त्यो मुक्ति भनेको देह त्याग अथावा आत्महत्याको अवस्था हो ।

मानिसलाई आत्महत्याजस्तो जघन्य अपराध गर्ने अवस्थामा पुग्नुअघि नै उपचार गर्न राज्यले तत्परता देखाउनु पर्दछ । तसर्थ, मानसिक रोगीलाई राज्यले विशेष प्राथमिकता दिएर उपचारको व्यवस्था मिलाउन सक्नु नै आत्महत्या न्यूनीकरण गर्ने उपाय हो ।

त्यसका लागि व्यापकरूपमा रोजगारीका क्षेत्रहरू खुलाउनु पर्दछ । धेरैभन्दा धेरै मानिसलाई व्यस्त हुने वातावरण तय गरिनु पर्दछ । चाडपर्वहरूमा निम्न आय भएका परिवारका सदस्यहरूलाई राहत तथा सहुलियत दरमा सामग्रीहरू उपलव्ध गराउन सक्नु पर्दछ । समस्याग्रस्त क्षेत्रमा मनोचिकित्सक तथा चिकित्सकहरूको टोली पठाएर मानसिक तथा शारीरिक स्वास्थ्य परीक्षण नियमित रूपमा गरिरहनु पर्दछ । यसले पनि आत्महत्या गर्ने क्रमलाई घटाउन मद्दत गर्दछ । यस्तो प्रबन्ध गर्न राज्य नै अग्रसर हुनु पर्दछ ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!