बीरेन्द्रकुमार साह

शनिबार, कार्तिक ०२, २०८२ || 1302  पटक पढिएको

मोरङ ।रेडक्रस सोसाइटी मोरङको समन्वयमा  अमरदह युवा क्लबले शनिबार पहिलोपटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४३ जनाले स्वेच्छिक रक्तदान गरेका थिए।

मानवसेवा र सामाजिक उत्तरदायित्वको भावना बोकेर गरिएको कार्यक्रममा स्थानीय युवाको उल्लेखनीय सहभागिता रह्यो। रक्तदाताहरू तथा सहयोगी हातहरूलाई क्लब परिवारले आभार व्यक्त गरेको छ।

कार्यक्रमका प्रमुख प्रायोजक अमरदहका युवा उद्यमी राजु शाह (Rooney Razzu) रहेका थिए। आफ्नो जन्मदिनको अवसर पारेर उहाँले आर्थिक सहयोग प्रदान गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको क्लबका सदायहरुले जनाएको छ।

कार्यक्रमको आयोजना तथा समन्वय क्लब अध्यक्ष रेशव ढुङ्गानाको नेतृत्वमा डी.के. थापा मगर, विकास खड्का, छत्रप्रसाद आचार्य, प्रज्ञन दाहाल र डा. बिवेक थापासहितको टोलीले गरेको थियो।

अध्यक्ष ढुङ्गानाले रक्तदान कार्यक्रमले युवाबीच समाजसेवा र जनचेतनाप्रतिको प्रतिबद्धता थप मजबुत बनाएको बताए। उनले आगामी दिनमा यस्तै समाजोपयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्ने अभियानलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!