हिपमत डटकम

बिहिबार, कार्तिक ११, २०७८ || 498  पटक पढिएको

काठमाडौं, ११ कार्तिक
कोरोना महामारीका कारण ठप्प भएको नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले अधिराज्य मिडिया नेटवर्कले ‘बिराट म्युजीक एण्ड फिल्म अवार्ड–२०७८’ आयोजना गर्ने भएको छ ।

त्यसका लागि आयोजक संस्थाले नोमीनेशन फर्म खुल्ला गरिएको जनाएको छ । 
गीतसंगीत तथा फिल्मसम्बन्धी बिभिन्न ४४ बिधामा अवार्ड प्रदान गरिने समारोह कार्तिक २५ गते राजधानीमा आयोजना हुने जानकारी कार्यक्रम संयोजक केवल भुजेलले दिएका छन् । समारोहमा गीतसंगीतका ३० र फिल्मका १४ गरि जम्मा ४४ बिधा छन् ।

प्रतिस्पर्धात्म तथा जुरी अवार्डका साथै गीतसंगीत तथा चलचित्रका स्रष्टाहरुलाई सम्मान समेत प्रदान गरिने जनाइएको छ । सोही समारोहमा लामो समय चलचित्र पत्रकारितामा अनवरत साधनारत चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–२०७७’ को रुपमा नगद राशीसहित पुरस्कृत गरिने आयोजक संस्थाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

चलचित्र पत्रकार संघको पूर्वउपाध्यक्ष समेत रहेका सुवेदी चलचित्र पत्रकारितामा सिद्धहस्त मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!