बिचरा पारस !

नरिसाउनुस् है

मंगलबार, कार्तिक ०९, २०७८ || 838  पटक पढिएको

नेपाली हाँस्य कार्यक्रममा ताप्लेजुङका पारसमणिले पारस शाहको क्यारिकेचर नगरेको भए उनी पहिलो स्थानमा आउने नै थिएनन् । पारस प्रवृत्ति अहिले आएर आम विग्रेका युवाको विम्व बनेर देखा परेको हुन्छ ।

ल्याङफ्याङ जीवन जिउने, होटलमा मस्तले पिउने अनि हेलमेट नलगाइकन हिड्ने पारस प्रवृत्ति आज एक उदाहरण बनेको छ । भरतमणिले यसैलाई क्यास गरेर हाँस्य स्पर्धाको उपाधि चुमे । उनको पारस क्यारिकेचरलाई औधी रुचाइयो । यसमा राजसंस्थाप्रतिको अनास्था, अविश्वास होइन पारस अर्थात् खराब प्रवृत्तिलाई उडाउने काम दर्शकबाट भएकै हो ।

कुनैबेलाका दादा, डन अनि मुष्तण्ड भीमकाय शरिरका पारस शाहलाई अहिले हेर्दा टिठ लाग्छ, माया लाग्छ । भरतमणिले आफ्नो दूकान चलाउन पारसलाई प्रयोग गरेर गल्ती त गरेनन् ? अर्थात् यसका निर्णायक सन्तोष पन्त, मनोज गजुरेलले आवश्यकताभन्दा बढी महत्व त दिएनन् ?

मान्छेको शरिर सधै एकनासको हुन्न तर, पारसको शरिर बाँसजस्तो खुइँलिनु भनेको उनकै कारण हो । यसमा कसैलाई दोष दिनु आवश्यक छैन । हिमानीले युवराजबाट हट्यौ अब तिमि बाटो लाग् भनेर हेपेको पक्कै होइन होला ।

पारसलाई मात्र दोष नदिऔं । कुनै पनि युवामा संस्कार सही भएन भने उसमा उत्ताउलोपन आउँछ नै । पारसमा शक्ति, पैसा सबै थोक भयो, तर उनले संस्कार असल ग्रहण गर्न सकेनन् । दरवारको छाडापनमा पारस चुर्लुम्मै डुबे । हो, पक्कै पनि उनी युवराज भइरहेको भए दरवारले अनेकन गल्ती छोप्दै उनलाई खोपीको देउता बनाएर सरकारको जय होस् भन्दै हिडाइरहन्थ्यो ।
उनले सर्वसाधारण भएर जीवन विताइरहेका छन् । यो सकारात्मक कुरा हो । सर्वसाधारणको जीवन भित्र पनि संघर्ष हुन्छ । पारसले संघर्षमय जीवन होइन पापको कमाईलाई उडाउनु सम्म उडाउन खोजे । समस्या यहाँनेर सुरु भयो । बिचरा पारस ! भन्न मन लाग्छ उनलाई हेर्दा । यस्तो पारसले उ बेला संगीतकार प्रविण गुरुङलाई पजेरोले किचेर मारे होलान् ?

दरवार हत्याकाण्डको योजनाकार बने होलान् ? पक्कै विश्वास गर्न सकिन्न । दरवार हत्याकाण्ड हुँदा पारसको गलत क्रियाकलापकै कारण धेरैले पारसकै काम हो भनेर आरोप समेत लगाए । दरवार हत्याकाण्ड के हो त्यो खोजीको विषय, रहस्यको गर्भ मै छ । तर, पारस एक खराब पात्र हुन यो कुरा सबैले बुझेका छन् र, बुझाउने विभिन्न कोणबाट प्रयास पनि भएको छ ।

आज पारसलाई कसैको साथ छैन । श्रीमती हिमानीको साथ छैन । बाबु ज्ञानेन्द्र शाह वाक्कै भइसके हुनुपर्छ । अरू त अरू पारसलाई कपडाले पनि धोखा दिन थालेको छ । पारसले लगाएको कपडा हेर्नुहोस् त माथिको तस्वीरमा ? कपडाले पनि साथ छोडेको छ आज उनलाई ।
हैट ! यस्तो जीवन पनि के जिउनु ? जनता भएर पारसले जीवन जिउने हो भने पीडामा रहेका आम नेपालीको दुःखमा मल्हम लगाउने काम गरून । सेवाको काम गर्दा पक्कै पनि हिजो उनीबाट भएका धेरै गल्ती ढाकछोप हुनेछ ।विग्रने मान्छे हो र सुध्रने पनि मान्छे नै हो । पारस विग्रिएका छन् भने सुध्रने पनि पारस नै हुन ।

जीवनमा अबको यात्रा पारसले सम्हालिएर जनताको पक्षमा काम गर्नुपर्छ । यसो गर्दा भोलि राजसंस्था आइहाले ज्ञानेन्द्र शाहले युवराज घोषणा गर्न कुनै समस्या हुने छैन र, विरोध पनि हुने छैन । आज हिमानीको जुन नाम छ त्यो पारसको हुन्छ । पारसले आफुलाई सुधार्न सक्नुपर्छ । संसारका धेरै राजसंस्था भएका मुलुकमा पदच्यूत भएपछि सामाजिक काम गरेर दरवारका व्यक्तिहरू जनमानसमा लोकप्रिय भएको उदाहरण छन् ।

पारस सुध्रिउन भन्ने चाहना कसैकसैको नहुन सक्छ तर, पारस सुध्रनु पर्छ । आफ्ना लागि नभए पनि अरु धेरैका लागि सुध्रनु पर्छ । बिचरा पारस होइन टाइगर पारस बन्नुपर्छ ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!