हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८ || 418  पटक पढिएको

सुनसरी रामधुनी नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया नेहरी सदा रहेकी छन् ।

हिजो दिउसो २ बजे प्रदेश नं १-०२-००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा पछाडीको डालाले लागी गम्भिर घाईते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार गराई थप उपचारको लागी धरान घोपा पुर्याउन साथ बेलुका साढे ७ बजे मृत्यु भएको थियो ।

ट्याक्टर र चालक सोही स्थानका ३२ बर्षीय आशिष बि.क. ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!