बर्षा भएपछि विराटनगर एयरपोर्ट अवरुद्ध हुन्छ । यसपटकको वेमौसमी बर्षाले चार दिन जहाज नै चलेन । एयरपोर्टमा डुंगाको सयर गर्ने खालको भयो । पानी भरिएर आगमन, प्रस्थान कक्ष मात्र होइन पार्किङ क्षेत्र पनि जलमग्न भए ।
होइन एयरपोर्ट बनाउनेले किन उचाई बनाउन नसकेको होला ? खाल्डो ठाउँमा एयरपोर्ट बनाउँदा यस्तै हुन्छ । हाइट मेण्टेन नगर्दा पनि यो समस्या आएको हो । एयरपोर्ट मात्र होइन बिजुलीकै कुरा गरौं । बिजुलीको स्टेसन, उपकरणहरू पनि खोला, नदीको छेउमा राखिन्छ । हाइट बनाएर किन राख्न सकिन्न ? हाइट बनाउँदा कमिसन कम आउने हो कि क्या हो ?
कस्ता योजनाकारले योजना बनाएका हुन ? योजना बनाउनेको कान किन समात्न नसकिएको ? हरेक बर्षामा यो समस्या आउँछ तर, हाइट मेण्टेन गर्ने सबालमा सधै चुक्ने हो भने बालुवामा पानी हाले बराबर के लगानी गर्नु भन्या ?