हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 429  पटक पढिएको

बिराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको पहलमा जहदाका २ सय बढी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

 

दुई दिनअगाडि आएको वर्षा र बाढीले डुबानमा परेका जहदा गाउँपालिका ३ र २ नम्बर वडाका पीडितहरुलाई राहत वितरण गरिएको हो । वडा नम्बर ३ मिलनचोक आसपासको बस्ती पूर्ण रुपमा डुबान हुँदा त्यहाँका १२० घर परिवार प्रभावित भएका छन् । उनीहरु विस्तापित भएर स्थानीय आधारभूत विद्यालयमा बसिरहेका छन् । डुबानका कारण अधिकांश घरहरु भत्किएका माओवादी ५ नम्बर क्षेत्रका इन्चार्ज देवा यादवले बताए ।

 

यस्तै जहदा २ नम्बर वडाको हरिनगरा दलित बस्तीका ४० घर विस्थापित भएर नहरमा बसिरहेका छन् । उनीहरुलाई पनि मण्डलको पहलमा राहत वितरण गरिएको यादवको भनाइ छ ।

यस्तै जहदा २ को हरिनगरा पहाडी टोल, राजघर टोलका ९८ घरपरिवार पनि विस्थापित भएका छन् । २ नम्बरकै वीरपूरमा सन्थाल टोलको अवस्था झनै नाजुक रहेको यादवले बताए । त्यहाँका घरहरु अझै पनि पानीले डुबानमा परेको छ । कच्ची घर सबै भत्किएको छ । त्यही अवस्थालाई मध्यनजर गर्दै मण्डलको टोली राहत लिएर पुगेको थियो ।

आफूहरुको पहलले मात्रै स्थानीयको समस्या समाधान हुन नसक्ने भएकोले स्थानीय, प्रदेश र केन्द्र सरकारले विस्थापितलाई राहतको पर्याप्त व्यवस्थापन गर्नुपर्नेमा यादवले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!