हिपमत डटकम

शुक्रबार, पौष ०४, २०८२ || 853  पटक पढिएको

बुटवल । रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेपछि उडान अवरुद्ध हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन्। बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै बस्नुपरेको हो।

फस्ट फ्लाइटमार्फत रुपन्देही लैजाने तयारी भए पनि विमानस्थलमा हुस्सु लागेकाले उडान ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले रातोपाटीलाई जानकारी दिए।
‘विमानस्थल खुलेपछि उहाँ आउनुहुन्छ, त्यसपछि जिल्ला अदालतमा उपस्थित हुनुहुन्छ,’ आचार्यले भने।

रुपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीका अनुसार विमानस्थल खुल्न अझै केही समय लाग्न सक्छ। ‘अहिले भिजिबिलिटी निकै कम छ, घाम लागेपछि मात्रै उडान सम्भव हुन्छ,’ उनले भने। सामान्यतया १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि हाल ३–४ सय मिटर मात्रै रहेको उनले जानकारी दिए।

उच्च अदालत बुटवलले हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा रिहा गर्न आदेश दिएको थियो। जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले आज निवेदन दिनेछन्। त्यसपछि जम्मा भएको २ करोड ७४ लाख रुपैयाँ बैंक प्रतिनिधिले बुझ्ने र आवश्यक कागजी प्रक्रिया पूरा गरी लामिछानेलाई छाडिने उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!