
कास्की । पोखरामा एक वृद्धाको हत्या गरेको आरोपमा उनकै नाति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बेगनास गाउँ निवासी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको अभियोगमा उनका नाति २१ वर्षीय आशिष परियारलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीका अनुसार आशिषले कुटपिट गर्दा दालकुमारीको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएपछि सीआरभी अमरसिंहबाट खटिएको प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–९ पृथ्वी चोक क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।