हिपमत डटकम

मंगलबार, आश्विन २६, २०७८ || 469  पटक पढिएको

मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।

भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

बस दुर्घटना बारेको पूर्ण विवरण आइनसकेको र घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको श्रेष्ठले बताए । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट झन्डै ३ मिटर तल खसेर दुर्घटना भएको छ। क्षतिको पूर्ण आधिकारिक विवरण आइसकेको छैन । घटना गम्भीर किसिमको छ । घाइतेहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिइरहेका छन् ।’

अहिले घाइतेहरुको उद्दार गरी मुगुको जिल्ला अस्पताल तथा सुर्खेतको अस्पतालमा ल्याउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!