माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा रहेको सिटिजन बैंकको शाखामा लुटपाटको प्रयास भएको छ ।
साेमबार दिउँसो गोली लागि घाइते भएका सुरक्षा गार्ड शितल कुमालले लुटेराहरुको पेस्तोल खोस्दा आफुमाथि गोली प्रहार भएको उनलेे बताएका छन् ।
उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार समेत भईरहेकाे प्रहरीले जनाएको छ । पेस्तोल निकालेका कारण बैंकमा होहल्ला भएको र एक जना लुटेराको पेस्तोल खोसेपछि अर्का एक लुटेराले आफुमाथि गोली प्रहार गरेको बताए । कुमालले लुटेराले प्रहार गरेको गोली कुममा लागेर आफु बेहोस भएको र होस खुल्दा अस्पतालको बेडमा रहेको बताए ।
कुमालका अनुसार ८ जनाको समुहमा आएका लुटेरा समुह मध्येका दुई जनाले बैंक भित्र प्रवेश गरेर पेस्तोल निकालेका थिए ।लुटेराको गोली लागरे घाइते बनेका कुमाल अहिले खतरा मुक्त रहेको उपचारमा संलग्न चिकिच्त्सकहरुले बताएका छन् ।
बैङ्कमा २ वटा माेटरसाईकलमा ५ जना मानिसहरुले लुटपाट गर्ने क्रममा रंगेली नपा २ बस्ने वर्ष ४० को सितल कुमाल लाई गोली प्रहार गरेको र लुटपाट गरी भारत तर्फ भाग्ने क्रममा खयरवना प्रहरी चाैकीमा लुटेरा हरुलाई नियन्त्रणमा लिएको थियोे ।
उनी हरुले प्रयोग गरेकाे कटुवा पेस्ताेल समेत प्रहरीले बरामद गरेको छ ।अमाहीबरियाती बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को २५ प ३८९९ नंम्बरको मोसा चालक जिल्ला मोरङ विराटनगर मनपा ८ बस्ने वर्ष ३२ को श्याम मुखिया,बिचमा सवार देस भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी(बाया तिघ्रामा गोली लागेको)पछाडी सवार देस भारत सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव समेतलाई पक्राउ लुटेराहरुले दुईराउण्ड गाेली चलाएका थिए ।
प्रहरी उनिहरुले प्रयोग गरेकाे कटुवा पेस्ताेल समेत बरामद गरेको छ । तिघ्रामा गाेली लागेका भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनीकाे रंगेली अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।