सोलु दुधकुण्ड नगरपालिका-६ थातिङ बस्ने ५० वर्षीय वीर बहादुर बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात्त र नगद समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।