हिपमत डटकम

आइतबार, आश्विन २४, २०७८ || 590  पटक पढिएको

नासा ईन्भेष्टमेन्ट प्रा.लि.को शेयर बजार सम्बन्धी सचेतना मुलक कार्यक्रमको भाग-७ धरानमा सम्पन्न भएको छ । अर्थ सरोकार डटकम काठमाडौको सहकार्यमा सम्पन्न भएको सो कार्यक्रम बराह मिडिया नेटवर्कको व्यवस्थापनमा बराह सपिङ्ग कम्प्लेक्सको सभाहल धरानमा सम्पन्न भएको नासा ईन्भेष्टमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले बताए ।

प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर तिलक राईले यस्ता कार्यक्रम धरानमा नौलो भएकाको र अगामी दिनमा सम्पुर्ण धरानबासीहरुलाई समेटने गरि खुल्ला चौरमा बृहत कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बराह मिडिया नेटवर्कका संचालक अध्यक्ष सुमन मेहताले स्वागत मन्तव्य दिएका थिए भन्ने प्रालिको बारेमा विस्तृत जानकारी गराउदै प्रा.लि.का सल्लहाकार तथा शुभचिन्तक उद्वव श्रेष्ठले सरकारको ध्यान शेयर बजारलाई शहरकेन्द्रीत मात्र रहेकाले नासाले ग्रामीण केन्द्रीकृत कार्यक्रमलाई तिव्रता दिरहेको बताए। अहिलेको अवस्थामा शेयर बजार देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा आगट्ने भएकाले यस प्रति सरकारको ध्यान जान अत्यावश्यक रहेको उनले बताए।

सो सचेतना कार्यक्रममा शेयर बजारमा एक दशक लामो अनुभव हासिल गरेका धरानका भक्तराज रसाईली, एक्यम ईन्भेष्टमेन्ट कम्पनी लि.का इटहरीका प्रवन्ध निर्देशक अशोक सिटौला र अर्थ सरोकार डटकम काठमाडौका प्रधान सम्पादक सुरज प्याकुरेल संयुक्त रुपमा शेयर बजार सम्बन्धी सहजीकरण गरेका थिए।

कार्यक्रममा BPKH धरानका प्रा.डा. रामशरण मेहता,भोक्राहा नरसिंह गापाका कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता, पुर्वान्चल क्याम्पसका सहायक क्याम्पस प्रमुख समीर शाक्य, सुनसरी टेक्निकल क्याम्पस धरानका क्याम्पस प्रमुख अमित कुमार गुप्ता, महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख स्कुल श्रेष्ठ, धरान उपमहानगर वडा न. १७ का वडा अध्यक्ष मनोज भट्टराई, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेका थिए।

सोही कार्यक्रममा पि. एचडी.उपाधी प्राप्त गरेवापत राष्ट्रपतिबाट प्रदान गर्ने “नेपाल बिद्याभुषण क” द्वारा सम्मानित भएका वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. रामशरण मेहतालाई सम्मान गर्नुका साथै शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले पुर्याएकाे याेगदानका लागि ६६ औ प्रहरी दिवसको अवसरमा संघिय प्रहरी इकाई धरानबाट सम्मानित भएका भोक्राहानरसिंह गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहतालाई समेत सम्मान गरिएको मेहताले बताए।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी ,विशिष्ट अतिथी , अतिथीहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

शेयर बजार सम्बन्धी कार्यक्रमलाई चाडपर्वसम्मको लागि स्थगित गर्दै देवानगंजमा केही पृथक किसिमको कार्यक्रम गरि देवानगंज गाउँपालिका भरिका विद्यार्थीवर्गलाई लक्षित गरि वकतृत्व क्षमतालाई प्रस्फुटन गराउदै DPS(Dewanganj Public Speaker) कार्यक्रम आयोजना गरिरहेको मेहताले जनाएको छ ।

कार्यक्रमको संचालन नासा ईन्भेष्टमेन्ट प्रा.लि. सुभचिन्तक मन्टु कुमार मणडलले गरेको थियो ।

कार्यक्रम नासा ईन्भेष्टमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहता अध्यक्षतामा सम्मपन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!