कावासोती नगरपालिका-१३ बुढौलीकुना बस्ने माया गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय मनोज गुरुङ लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५२ हजार ६ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।