सभापतिमा विजयी दीपक चापागाईंलाई डा. शेखर कोइराला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल र उनी मातहतका नेता, कार्यकर्ताको पूर्ण समर्थन थियो ।
निकटतम् प्रतिद्धन्द्धी सन्तोष न्यौपानेलाई अमृत अर्याल, डा. डिला संग्रौलाहरूको स्पष्ट लाइन अनि शेरबहादुर देउवा प्यानलको सहयोग थियो । अरुण न्यौपानेको पक्षमा मेयर भीम पराजुली र प्रदेश सांसद केदार कार्की समूहको साथ थियो ।
कांग्रेसको गुटगत राजनीतिमा तिनै आकांक्षीलाई ‘शीर’ को आर्शिवाद अनि बलियो ‘गुट’ को सहयोग थियो । गुटको यो राजनीतिमा कार्की ‘पिउसो’ ठानिए पनि उनी सतरंजको राजनीतिक खेलमा ‘बादशाह’ नै भएर देखा परे । अर्थात् उनी महानगर कांग्रेसको निर्वाचनमा हिरो सावित भए ।
कृष्ण कार्कीलाई कुनै नेताहरूको स्पष्ट लाइन थिएन । गुट र समूह चलाएका नेताहरू कार्कीप्रति सहानुभूति राख्थे तर, सहयोगको हात अघि बढाउन सक्दैनथे । कार्कीसित केबल बाबुराजा ओझा थिए । तिनै बाबुराजा जो कांग्रेसबाट माओवादी हुँदै कांग्रेसमै फर्किएर आफ्नै अस्तित्व स्थापित गर्न संघर्षरत छन् । समर्थनमा थिए केबल कार्कीलाई रुचाउने मतदाताहरू । त्यसैले कांग्रेसको बहुप्रतिक्षित निर्वाचनमा सबैको ध्यान थियो विराटनगर र कृष्ण कार्कीमा । सबैको प्रतिक्षा थियो–कार्कीले कति मत ल्याउँछन् ?
स्कुले उमेरदेखि राजनीतिलाई सेवा ठान्दै काम गरिरहेका ४० बर्षिय कार्कीले चमत्कारमात्र देखाएनन् गुट चलाउने नेताहरूलाई पनि छक्क पारे । कुनै पनि समस्या, संकट पर्दा भगवानले पठाएका दूतझैं देखिने कार्कीलाई यस्तै विविध समस्या हल गरेकै आधारमा धेरैले माया गरे । गुट र समूहको निर्देशनलाई अटेर गरेको मत हो उनले प्राप्त गरेको १३३ । यो मतको ओज गुट र समूहको एकतर्फी अन्य उम्मेदवारको मतभन्दा निकै ठूलो थियो ।
कार्की पछिल्लो ५ बर्षदेखि नगर सभापतिको उम्मेदवार भन्दै हरेक वडा अनि हरेक क्रियाशील सदस्यहरूको घरघरमा पुगे । सम्भवतः सबै क्रियाशीललाई नामबाटै चिन्ने खुबी पनि बनाए ।
यसअघि निर्वाचनमा नगर सभापतिका मतदाता क्रियाशील हुन्थे । यसपटक भने नियम परिवर्तन भयो । कांग्रेसका सबै पक्षले स्वीकार गरेको कुरा के हो भने यदि क्रियाशीलले मतदान गर्न पाएको भए कार्कीले सबैलाई कित्तामा पु¥याउँथे । बदलिएको नियमअनुसार कार्कीलाई १९ वडाबाट क्रियाशील मतदानबाट चुनिएका क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले मतदान गर्ने अधिकार थियो । यसबाट कार्कीलाई ठूलो नोक्सान भयो ।
चुनिएका ६८१ क्षेत्रीय प्रतिनिधि र वडा सभापतिको मताधिकारको निर्णय कार्कीका लागि घातक बन्यो । र, पनि उनले हरेस खाएनन् । उनी छोटो समयमै सबैका घर, सम्पर्कमा पुगे । गुट विरोधी एकखाले कांग्रेसी मतदाताले कार्कीलाई साथ दिए । उनी संख्यात्मक र नतिजामा चारमध्ये तेस्रो बने । कतिपयले चार जनामा चौथो हुने अनुमान फेल मात्र खाएन उनले प्राप्त गरेको मतलाई अहिले पराजयलाई कार्कीसित जोडेर ‘यस्तो गरेको भए हुन्थ्यो’ भनेर जोड घटाउन पनि गर्न थालिएको छ ।
‘सभापतिमा संख्यात्मक रुपमा हारें हुँला तर, यसले मेरो राजनीतिक सक्रियता कमजोर हुने छैन’ कार्कीले भने, ‘जनताको सेवाका लागि म पहिले भन्दा अझ सक्रिय भएर लाग्ने छु ।’ नतिजा आएपछि भलै कुनै गुट विजयी भयो, कुनै हा¥यो तर, आम रूपमा सबै नेताले स्वीकार गरेको कुरा के हो भने ‘निर्वाचनको युद्धमा एउटा असल योद्धाको १५ औं महाधिवेशनका लागि अन्त्य भएको छ, यो खुसीको कुरा पक्कै होइन ।’
यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।