मोरङ । बालबालिकाको स्वास्थ्य तथा मानसिक विकासलाई ध्यानमा राख्दै विराटनगरमा पहिलोपटक ‘स्वर्णबिन्दु प्राशन कार्यक्रम’ सञ्चालन गर्न लागिएको छ । सो कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आज विराटनगरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

डा. चौधरीका अनुसार आगामी कात्तिक २५ गतेदेखि सुरु हुने यो कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाका १९ वटै वडाका बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाइनेछ । एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी पहिलो चरणमा करिब एक हजार बालबालिकालाई स्वर्णबिन्दु प्राशन दिने तयारी गरिएको छ ।

डा. चौधरीले बताएअनुसार स्वर्णबिन्दु प्राशन सुनको भष्म, आयुर्वेदिक औषधि मिसाएको घिउ र महको मिश्रणबाट तयार गरिन्छ र प्रत्येक महिनाको पुष्य नक्षत्रको दिनमा खुवाइने गरिन्छ । यसले बालबालिकाको स्मरण शक्ति, वाणी, पाचनशक्ति, शारीरिक बल र रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिएको छ ।

कविराज निरीक्षक डा. वैजनाथ साहका अनुसार यो परम्परागत आयुर्वेदिक औषधि “स्वर्ण प्राशन” वा “सूवर्ण प्राशन” भनेर पनि चिनिन्छ । उमेरअनुसार बालबालिकालाई दुईदेखि पाँच थोपा दिइन्छ । यसमा प्रयोग हुने ब्राह्मी जडिबुटीले मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

कार्यक्रममा सहभागी स्वास्थ्य स्वयंसेविकालाई आफ्ना–आफ्ना वडाका सबै बालबालिकालाई अभिलेखिकरण गरी अनिवार्य रूपमा स्वर्णबिन्दु प्राशन खुवाउन आग्रह गरिएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रका प्रमुख डा. राम प्रवोध चौधरी, कविराज निरीक्षक डा. वैजनाथ साह, मिसन ढकाल, र धनञ्जय जयसवाल लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!