हिपमत डटकम

आइतबार, कार्तिक २४, २०८२ || 1008  पटक पढिएको

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजेड आन्दोलन माइतीघरबाटै सुरु भएको बताएका छन्। आइतबार राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै उनले युवाहरूको जायज मागलाई अन्य तत्त्वहरूले उग्र र विध्वंसकारी ढंगले अघि बढाएको दाबी गरे।

अध्यक्ष ओलीका अनुसार, युवाहरू माइतीघर मण्डलामा पुग्नुभन्दा पहिले नै उनीहरूको मुद्दा, माग र आन्दोलन खोस्ने प्रयासहरू भइसकेको थियो। उनले भने, “युवाहरूले जसोतसो होटल एभरेष्टसम्म आन्दोलन पुर्‍याए, तर त्यसपछि निषेधाज्ञा उल्लंघन, भिडन्त र तोडफोडमा परिणत भयो।”

ओलीले जेनजेड आन्दोलनका नाममा सक्रिय केही व्यक्तिहरूले मात्रै विध्वंस मच्चाएको र वास्तविक युवा संगठनका सदस्य नभएको स्पष्ट पारे। उनले सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न युवा सङ्घले भूमिका खेल्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!