
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ७३.४१ प्रतिशत विद्यार्थी सफल भएका छन् भने ४ जनाको परीक्षाफल रद्द गरिएको छ।

नतिजा हेर्नका लागि विद्यार्थीहरूले नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गर्न सक्नेछन्।