हरेक निर्वाचनमा नयाँ सकिरण भइरहेछ

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

मंगलबार, आश्विन १९, २०७८ || 730  पटक पढिएको

कांग्रेसको चरणवद्ध हरेक निर्वाचनमा नयाँ गठबन्धन र, समिकरण देखिएको छ । वडामा एकखाले गठबन्धन देखियो, स्थानिय तहमा अर्कै ।
वडा तहमा भीम पराजुली र बाबुराजाहरू मिलेर विनोद बस्नेतहरूसित भिडे । तर, स्थानिय तहमा दुबैको उम्मेदवार फरक थिए । पराजुलीले अरुण न्यौपानेलाई अघि सारे अनि बाबुराजाले कृष्ण कार्कीलाई बोके ।

अब क्षेत्रीय समितिको निर्वाचनमा पनि नयाँ गठबन्धन हुने देखिन्छ । राजनीतिक स्वार्थले कसैकसैलाई कहाँनेर मित्रताको हात अघि बढाउँछ थाहा नहुने रहेछ । कहाँनेर सत्रुता हुने रहेछ त्यो पनि ज्ञात नहुने रहेछ ।

कांग्रेसमा तहगत निर्वाचनको लहर छ । क्षेत्रीय, जिल्ला, प्रदेश, महाधिवेशन, महासमितिको निर्वाचन बाँकी नै छ ।
अन्तिम विन्दुमा पुग्दासम्म समिकरणले कसलाई कहाँ पु¥याउने हो यकिन छैन । तर, कांग्रेसको निर्वाचनको एक यथार्थ के हो भने यो धेरै लम्बेतानको भयो । अरु सबै काम छाडेर कतिपय कांग्रेसकै निर्वाचनमा लाग्नु परेको छ ।

हुन त नेपालीलाई फुर्सद छ । समय पनि छ । सायद यस्तै फुर्सद र, समयले होला निर्वाचनका प्रक्रिया पनि त्यसै गरेर लम्बेतानको हुन्छ । समयकै कारण नयाँ–नयाँ समिकरण बनेका छन् । बन्न पाएको छैन गठबन्धन भत्किएका छन् ।

कुन नेता कतिबेला कहाँ हुन्छ, कुन मतदाता समर्थकले क्याम्प परिवर्तन गर्छ यसै भन्न सकिन्न । जसलाई आफ्नो ठानिन्छ उ त पराई भइसकेको हुन्छ । साँच्चै नै रोचक अनि गज्जवको छ कांग्रेसको निर्वाचन प्रक्रिया ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!