हिपमत डटकम

मंगलबार, आश्विन १९, २०७८ || 564  पटक पढिएको

प्राकृतिक चिकित्सा विधिबाट नसा रोग, मधुमेह, उच्चरक्तचाप, पायल्स, डिप्रेसन तथा मोटोपन जस्ता दीर्घकालीन रोगको सरल र सर्बसुलब शुल्कमा बिरामीको उपचार गर्दै आएको ओम वेलनेस अस्पतालमा बिरामी चाप बढेको छ ।

अत्याधुनिक मेसिन तथा जडिबुटीको प्रयोग बाट उपचार गरिने यो पद्धतिमा कुनै असर बिना अन्य उपचार पद्धतिको तुलनामा सस्तो छ । विराटनगर–२ सौगात मार्गस्थित अस्पताल पछिल्लो समय उपचारका लागि बिरामीको रोजाइमा पर्दै गएको छ ।

अर्थोपेडिक पुनःस्थापना न्युरो पुनःस्थापना स्पोर्ट्स इन्ज्योरी पुनस्थापना बृद्ध बृद्धाहरुको उपचार सेवा लगायतका सेवा अस्पतालले उपलब्ध गराएका कारण पनि अस्पतालमा बिरामीको चाप बढेको हो ।

विराटनगर मात्र नभएर झापा मोरङ सुनसरीका विभिन्न स्थानबाट समेत बिरामी उपचार का लागि आउने गरेका छन् ।
काठमाडौंको वेलनेश अस्पताल को प्राबिधिक सहयोगमा संचालित अस्पताल प्रति जनविश्वास बढिरहेको छ । बिरामी को सुबिधा लाई ध्यानमा राख्दै आवास सहित को सेवा समेत अस्पतालले दिइरहेको छ ।

अहिलेको भागदौड र ब्यस्त जीवनशैलिका कारण देखा परिरहेका विभिन्न समस्यालाई निदान गर्नका लागि जीवन शैलि तथा डाइट न्युटिशन कन्सल्टेशन को सेवा समेत अस्पतालले दिइरहेको छ ।
कोरोना कहर साम्य भए पश्चात् मोरङका विभिन्न स्थान मा निःशुल्क स्वास्थ शिविर समेत संचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!