हिपमत डटकम

सोमबार, आश्विन १८, २०७८ || 868  पटक पढिएको

रामनारायण ठाकुर
सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमवार अनुगमन टोलीले मुल्य सुची, खाद्य बस्तुको प्याकेजिङ, उत्पादन मिति, व्यवसायीक दर्ता सम्बन्धी अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा बजारका पसलहरुमा व्यवसायीक दर्ता र पाना नं., मुल्य सुची, खाद्य बस्तुको प्याकेजिङ, उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने निश्चित समय लगायतको बारेमा व्यापारी–व्यवसायीसंग सोधपुछ गरिएको मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वेले बताए ।

व्यबससायीक प्रमाणपत्र र पाना नंम्बर नराखी संञ्चालित व्यवसायीलाई एक साता समय तोकेर अनुगमन समितिको तर्फबाट व्यवसायीलाई सुझाब सहित जानकारी गराइएको नगरपालिकाका प्रशासन शाखा प्रमुख जित कुमार साहले बताए ।

नगरपालिका भित्रका किराण पसल, होटल तथा अन्य पसललाई अनुगमन क्रममा नवीकरण म्याद सकिएका फार्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिईएको प्रमुख साहले जानकारी दिए ।

अनुगमन टोलीमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव, प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वे, स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, प्रशासन शाखा प्रमुख जित कुमार साह, लेखापाल शेखर पराजुली, मिर्चैया नगरपालिका वडा नं.६ का वडा सदस्य दिलिप कुमार साहको उस्थिती थियो ।

त्यसैगरी मिर्चैया उद्योग बाणिज्य संघका सचिव भरत महासेठ, पशु सेवा कार्यालय मिर्चैयाका प्रमुख नागेश्बर हाथी, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर)अवध किशोर ओझा, सशस्त्र प्रहरीवल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर)उत्तम सिल्वाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!