हिपमत डटकम

सोमबार, आश्विन ११, २०७८ || 884  पटक पढिएको

विराटनगर । विराटनगर बरगाछी स्थित रहेको कान्तिपुर इन्ष्टिच्युटले बिबिए पढने बिद्यार्थीहरुको लागि अभिमुखीकरण (ओरिन्टेसन) कार्यक्रम गरेको छ । कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुको लागि सो अभिमुखीकरण (ओरिन्टेसन) गरिएको हो ।

सोमवार स्थानीय ईन्द्रेणी पार्टी प्यालेसमा गरिएको सो कार्यक्रममा विराटनगर सहित प्रदेश एक भरीका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कोभिड–१९ महामारीका कारण बिभिन्न कलेज तथा शिक्षण संस्थानहरु बन्द रहेको बेला पनि यस इन्ष्टिच्चुटले भौतिक तथा भर्चुअल कक्षा सञ्चालन गरी पठन–पाठन गराएको संस्थाका संचालक गुनान्द महतोले बताए ।

संचालक महतोका अनुसार यस इन्ष्टिच्युटका चार जना विद्यार्थीहरु पुर्ण छात्रवृतीमा पढिरहेका छन् भने ९० प्रतिशत बिद्यार्थीहरु कुनै न कुनै कलेजमा नाम निकालेर बिबिए अध्यनरत छन् । उनले एक वर्षमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको दाबी गरे ।

इन्ष्टिच्युटले अनलाइनबाट पाठ्यक्रमलाई निरन्तरता दिनुका साथै विभिन्न सेमिनार, गोष्टी तथा भ्रमण कार्यक्रमको पनि आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अथिती मोरंग हिसानका अध्यक्ष राजेश कार्की लगायत प्राग ढुंगाना, भुवन नेपाल, ए.के दास, मनोज राजवंशीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलेजका प्रिन्सिपल तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

CMAT डायरेक्टर मनोज तिवारीले सहभागिहरुको स्वागत गरे । कार्यक्रम संचालन निरुता सुवेदीले गरेका थिए । कार्यक्रममा कोरोना मापदण्डको पालना गरेको थियो । सहभागीहरु मास्क लगाएका थिए भने भौतिक दुरी समेत कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!